धनगढी वर्षेनि डुबानमा, उपमहानगरपालिकाले बनाएका अधिकांश संरचना त्रुटिपूर्ण

श्रावण १३, २०७८

पछिल्ला केही वर्षयता भएका विकास निर्माणको गलत डिजाइनका कारण धनगढी उपमहानगरपालिका डुवानको चपेटामा पर्दै आएको छ । सामान्य वर्षातमै धनगढीका अधिकांश वडा डुवानमा पर्छन् । डुवान समाधानकालागि धेरै रकम खर्च पनि भइरहेको छ । तर गुरु योजनाविना हचुवाका भरमा भइरहेका यस्ता विकासका कामको सकारात्मक परिणाम देखिनु त कता हो कता डुवान समस्या वर्षेनी बढ्न थालेपछि नगरवासी हैरान छन् ।

यो निर्माणाधीन धनगढी-अतरिया जोडने ६ लेनको सडक हो । डेढ अर्बभन्दा बढीको लागत माबन्न लागेको यो सडक निर्माणको कार्य करिब अन्तिम चरणमा छ । तर यो सडक आसपासमा सडकको पानीजाने बाहेक ढल निकासका लागि नाली बनाइएको छैन । दुई छेउवाट नालीनिर्माण नगर्नुको कारण के हो त ?

यसअघि रहेको नालीपनि सडक निर्माणका क्रममा मासिएको छ । सडकपनि निकै अग्लो छ जसकाकारण सडक असपासका वस्तीहरु सामान्य वर्षामै डुब्ने गरेका छन् । 

यो सडक त  एउटा उदाहरण मात्रै हो धनगढीमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकाअधिकांश  योजनाको हविगत यस्तै छ । कतिपय सडक आसपासमा नालीनै छैन भन्ने कतिपय बनाइएका नालीमा पनि पानी नै बग्दैन । त्यसो त धनगढीमा रहेका पुराना खोलानालापनि मासेर  विकासका संरचना बनाइएका छन् । जसका कारण पानीको वहाव छेकिएर जलमग्न हुनेगरेको  छ । तत्कालीन नगरविकास समितिले त झन्अधिकांश खोलानाला व्यक्तिका नाममै पूर्जा वनाइदिएपछि  पानीको निकास बन्दभएको छ । धनगढी उपमहानगरपालिका जनप्रतिनिधिपनि यो कुरालाई स्वीकाछन् । सार्वनजिकखोलानालाको मानव अतिक्रमण हटाउनुका साथै ढल निकासकालागि पहलभइरहेको जनप्रतिनिधिको दाबी छ । 

त्यसो त भौगोलिक हिसावले धनगढीको पानी निकासकालागि त्यतिअसहज छैन । बजारको दक्षिणतिर ठुलो मोहना नदी छ । तर त्यसकालागि गुरुयोजना बनाइएको छैन् । स्थानीयतहको चुनावताका धनगढी उप-महानगरपालिकाका जनप्रतिनिधि,संघीय र प्रदेश सरकारका सांसदले  आफ्नो मुख्यचुनावी एजेण्डानै ढल निकासलाई बनाएकाथिए । तर कार्यकाल सकिने समय नजिकआउँदापनि मूल समस्याको समाधानकालागि तीनतहकै सरकारले  समान्य प्रयाससमेत गरेका छैनन् । यो समस्यालाई भविष्यमा हुने स्थानीयप्रदेश र प्रतिनिधिसभाको निर्वाचन मानेताहरुले फेरि पनि जुनावजित्ने हतियार नवनाउलान् भन्न सकिन्न ।