Kantipur Samachar | कान्तिपुर समाचार, ११ श्रावण २०७८

श्रावण ११, २०७८

आजको मुख्य समाचार -

* जसपाको आधिकारिकता अध्यक्ष यादव पक्षले पायो / ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाको साथ / कानुनी उपचारमा जाने ठाकुर पक्षको प्रतिक्रिया । 

* आज कोभिडबाट २५ जनाको मृत्यु / करिब २४ सय संक्रमित / तेस्रो लहरको सामनाका लागि तयारी अवस्थामा बस्न मातहत निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन । 

* महामारीको मौका पारी अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुल्ने एयरलाइन्स र ट्राभल एजेन्सीलाई जोगाउने प्रपञ्च / छानबिन समिति भन्छ- कारवाहीको अधिकारै छैन ।  

* अफगानिस्तानमा निहत्था नागरिक सुरक्षाकर्मी र तालिबानको चेपुवामा / ६ महिनामा १६ सयभन्दा बढीको मृत्यु / बालबालिका मात्रै पाँच सय ।

* टोकियो ओलम्पिकको पदक तालिकामा चीनलाई जापान र अमेरिकाले उछिने / जापानकी मोमिजीले स्ट्रिट स्केटबोर्डिङमा जितिन् १३ वर्षमै स्वर्ण पदक ।