तराई राजनीतिमा जातीय ध्रुवीकरण बढ्न सक्छ : विश्लेषक

श्रावण ११, २०७८

निर्वाचन आयोगले जसपाको आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविश्यबारे अनेक अड्कलबाजी शुरु भएको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्वन्धी अध्यादेश ल्याएपछि २०७७ वैशाख १० गते रातारात बनेको जसपा बनेको थियो । तर एकताको एक बर्ष नहुँदै उनै ओलीका कारण जसपा विभाजनको बाटोमा अघि बढ्यो । जब अध्यक्ष महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल भयो, त्यसपछि चर्केको पार्टी कब्जाको होडबाजीमा दुबैपक्ष निर्वाचन आयोग पुगेका थिए । अहिले आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि अब अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितको पक्ष के गर्ला ? यादव पक्षसँग आत्मसमर्पण गरेरै बस्लान् वा नयाँ दल गठन गर्लान ?

जसपा आधिकारिताको फैसलापछि अध्यक्ष ठाकुर र उनको समुहको राजनीतिक भविश्यबारे राजनीतिक विश्लेषक देवेश झासँगको कुराकानी ।