Kantipur Samachar | कान्तिपुर समाचार, १० श्रावण २०७८

श्रावण १०, २०७८

आजको मुख्य समाचार -

* सरकार ढालेर पनि आफूलाई एमाले नै भनिराखेकोमा वरिष्ठ नेता नेपालप्रति अध्यक्ष ओलीको आक्रोश / संसदीय समितिमा नेपाल कड्किए- प्रतिगमनका मतियार राजीनामा दिनोस्, जानोस् ।

* स्थानीय, प्रदेश र संघीय सरकारले कोभिडविरुद्धको खोप लगाउनै सकेनन् / ४१ लाख मात्रा खोप अझै पनि सरकारी भण्डारमा ।

* लगानी बोर्डको औचित्यमाथि नै प्रश्न / ११ वर्षमा दुई दर्जन परियोजनामा साढे आठ खर्ब लगानी स्वीकृत / तीनवटा बाहेक अरु आयोजना कार्यान्वयनमै आएनन् । 

* अफगानिस्तानमा तालिबानको दबदबा / विद्रोही समूहलाई रोक्न सरकारद्वारा देशको ९० प्रतिशत भूभागमा कर्फ्यू ।

* एन्फाभित्र चरम राजनीति / प्रशिक्षक र पदाधिकारीबिचको झगडा सामाजिक संजालमा छताछुल्ल / राजीनामाको घोषणा गरेका मुख्य प्रशिक्षकलाई फकाउने प्रयास ।