एमालेको आन्तरिक कलहले बागमती प्रदेश सरकार अप्ठ्यारोमा

श्रावण १०, २०७८

नेकपा एमालेको एकल बहूमत रहेको बागमती प्रदेश सरकार पार्टीभित्रको आन्तरिक कलहका कारण धरापमा परेको छ । संस्थापनपक्षका मुख्यमन्त्री डोरमणि पौडेलकोपक्षमा असन्तुष्टसमूहका सांसदको भूमिका के हुने भन्ने प्रष्ट नहुँदा एमालेको एकल बहूमतको बागमती सरकारको भविष्य अनिश्चताको भूमरीमा परेको हो  ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चर्किएको आन्तरिक विवादको बाछिट्टा बागमति प्रदेश सरकारमा यतिखेर देखापरेको छ । विवाद चुलिएपछि असन्तुष्ट समुहका नेताहरुले मन्त्रीबाटै राजीनामा दिएका थिए भने मुख्यमन्त्री डोरमणि पौडेललेसमेत आफ्नै खेमाका नेताहरुलाई मन्त्री बनाए । पार्टी फुटकै नजिक पुगेको भन्दै निती तथा कार्यक्रम र बजेट पास गरेर सिङगो एमालेलाई बागमति प्रदेश सरकारले एकताको सन्देश समेत दिन भ्याए । तर केन्द्रमा फेरि ओली र नेपालवीचको टकराव बढेपछि बागमति प्रदेशमा त्यसको प्रभाव नराम्रोसँग परेको छ । संस्थापनपक्ष जसरी भएपनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार जोगाउन चाहन्छ, त्यसका लागि असन्तुष्टपक्षका नेतालाई सरकारमा सहभागी गराउने प्रयत्नमा समेत जुटेको छ । 

विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र भने केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाएकाले मुख्यमन्त्री पौडेललाई हट्टाएर एमालेकै  नेपाल समूहलाई मुख्यमन्त्री दिने ध्याउनमा छ । पार्टीको केन्द्रीय राजनीति प्रष्ट भइनसकेकाले नेपालसमुह पौडेल सरकारमा सहभागि हुने कि मुख्यमन्त्री नै परिवर्तन गर्ने दुविधामा छ । 

संसद विघटन गर्ने पार्टी अध्यक्ष ओलीको गलत कदमका पक्षमा मुख्यमन्त्री डोरमणि पौडेल उभिएको भन्दै विपक्षी गठबन्धन पौडेल सरकार परिवर्तन गर्ने रणनीतिमा छ । पौडेल सरकार गठन भएदेखिनै बागमति प्रदेशका एमाले सांसदहरु दुई कित्तामा विभाजित हुँदै आएका छन् । पार्टीको एकल बहुमत हुँदा पनि ओली र नेपालवीचको सम्वन्धमा नै बागमति प्रदेश सरकारको भविष्य जोडिएको छ ।