Kantipur Samachar | कान्तिपुर समाचार, ०९ श्रावण २०७८

श्रावण ९, २०७८

आजको मुख्य समाचार -

* सत्तारुढ कांग्रेसको महाधिवेशन फेरि अनिश्चयमा / वडा अधिवेशन स्थगित / क्रियाशील सदस्यता विवाद टुंगिएपछि नयाँ तालिका ल्याउने पदाधिकारीको निर्णय ।

* अख्तियारले नेता र उच्च प्रशासकका भ्रष्टाचारमा हात हाल्नै सकेन / वर्षभर अकुत सम्पत्तिका जम्मा दुई मुद्दा / आफैँ घूस दिएर पक्रन सर्वोच्चले रोकेपछि कारवाही पनि घट्यो । 

* कोरोना संक्रमण ४२ दिनयताकै उच्च / २३ सय संक्रमित थपिए / १६ को मृत्यु / महामारीको जोखिम बेवास्ता गरी राजनीतिक दलहरु शक्ति प्रदर्शनमा । 

* तीन महिनापछि लामो दूरीका यातायात चलाउन दिइए पनि यात्रु नगण्य / बढाएको भाडा लिए यात्रु नै नपाउने व्यवसायीको चिन्ता । 

* ओलम्पिकमा ११ स्वर्णपदकको छिनोफानो / तीन स्वर्णसहित चीन शीर्ष स्थानमा / २७ मुलुकले पदकको खाता खोले ।