Kantipur Samachar | कान्तिपुर समाचार, ०७ श्रावण २०७८

श्रावण ७, २०७८

आजको मुख्य समाचार -

* देउवालाई मत दिएका नेताहरु पार्टीमा फर्किए कारवाही नगर्ने एमाले केन्द्रीय समितिको निर्णय / नेपाल भन्छन- अपमान सहेर पार्टीमा बस्न सकिँदैन । 

* आज १८ सय ५५ कोरोना संक्रमित थपिए / काठमाडौँ उपत्यकामा मात्रै साढे सात सय / तेस्रो लहरको जोखिम बढेकोले सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह ।

* सेयर बजार परिसूचक एक वर्षमा दोब्बर / लगानीकर्ताको सम्पत्ति १७ खर्बबाट ४० खर्ब पुग्यो / कमिसन र कर नै २६ अर्ब ।

 

* कोरोना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न दोस्रो टोली पठाउने विश्व स्वास्थ्य संगठनको प्रस्ताव चीनद्वारा ठाडै अस्वीकार / प्रस्ताव राजनीति प्रेरित भएको टिप्पणी ।  

* टोकियो ओलम्पिक उद्घाटनको पूर्वसन्ध्यामा समारोहका निर्देशक बर्खास्त / जापानमा ओलम्पिक आयोजनाको निर्णय गराउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्वप्रधानमन्त्री आबे पनि नजाने ।