सेयर बजार परिसूचक एक वर्षमा दोब्बर, कमिसन र कर नै २६ अर्ब

श्रावण ७, २०७८

२०७७ असार मसान्तमा नेप्से परिसूचक १३ सय ६२ अंकमा थियो । ठिक एक वर्षपछि  परिसूचक १ सय ११ प्रतिशतले बढेर २८ सय ८३ अंक कायम भयो । परिसूचक १४ सय ६१ अंकले बढ्दा लगानीकर्ताले त कमाए नै, ब्रोकर कम्पनी, नियामक निकाय र सरकार पनि मालामाल भए । लगानीकर्ताको सम्पत्ति एक वर्षमा २२ खर्ब १८ अर्ब बढ्यो । २०७७ असार मसान्तमा १७ खर्ब ९२ अर्ब रहेको सेयर बजार पाुजीकरण यसपालि असार मसान्तमा आइपुग्दा ४० खर्ब १० अर्ब पुगेको छ । त्यसो त यस अवधिमा बजारमा सूचीकृत सेयर संख्या २० प्रतिशत थपियो । लगानीकर्ताको सम्पत्ति बढ्दा सरकारले पनि मनग्य कर पायो । सरकारले गत आर्थिक वर्ष सेयर बजारबाट १४ अर्ब ३४ करोड रुपैयाा पुाजीगत लाभकर पाएको हो । यो रकम अघिल्लो वर्ष ८७ करोड मात्र थियो । यसबाहेक ब्रोकर कम्पनीको आम्दानीमा लाग्ने आयकरवापत सरकारले १ अर्ब ३९ करोड रुपैयाा पाएको छ । अघिल्लो आर्थिक वर्ष ब्रोकरले १८ करोड आयकर बुझाएका थिए । लगानीकर्ताले सेयर किनबेच गर्दा ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज नेप्से र धितोपत्र बोर्डलाई कमिसन बुझाउनुपर्छ । यस्तै नाफा हुादा सरकारलाई पुाजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । आर्थिक वर्ष २०७६/७७ मा २९ करोड कमिसन पाएको नेप्सेले गत आर्थिक वर्ष त्यसको पााच गुणाभन्दा बढी अर्थात् १ अर्ब ८१ करोड आम्दानी गर्यो । 

धितोपत्र बोर्डले गत आर्थिक वर्ष सेयर बजारबाट ४३ करोड ४२ लाख कमिसन पायो । यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ९ गुणाभन्दा बढी हो । सेयर कारोबार गराउने ५० वटा ब्रोकर कम्पनीले ९ अर्ब ३१ करोड रुपैयाा कमाए । अघिल्लो आर्थिक वर्ष उनीहरुको कमाइ १ अर्ब २० करोड मात्र थियो । ब्रोकर कम्पनी, नेप्से र धितोपत्र बोर्ड तथा सरकार लगानीकर्ताका कारण मालामाल भएका हुन् । लगानीकर्ताले उनीहरुलाई एक वर्षमा २५ अर्ब ८९ करोड रुपैयाा बुझाएका छन् । तर लगानीकर्ताको हितका लागि सरकार, नियमनकारी निकाय र ब्रोकर कम्पनी कसैले आवश्यक लगानी गरेका छैनन् । कमिसन घटाउनुपर्ने लगानीकर्ताको माग पनि सम्बोधन हुन सकेको छैन । 

यो एक वर्षमा सेयर बजारमा लगानीकर्ता उल्लेख्य बढेका छन् । दोस्रो बजारमा लगानी गर्नेको संख्या साढे दुई लाखबाट पौने नौ लाख पुगेको छ । तीमध्ये  अनलाइन कारोबार गर्नेको संख्या करिब ८ लाख छ । यो संख्या एक वर्षअघि ३५ हजारमा सीमित थियो ।