कर्णालीमा सामाजिक अपराधका घटना बढे

श्रावण ७, २०७८

कर्णाली प्रदेशमा अपराधका घटनामा कमी आउन सकेको छैन । आत्महत्या, महिला हिंसा तथा बालबालिका सम्बन्धी र सामाजिक अपराधका घटना बढिरहेको प्रहरीको तथ्यांकले देखाउछ । अपराधीले उन्मुक्ति पाउँदा पीडितले न्याय पाउन सकिरहेका  छैनन् ।

असार १ गते बिहान साढे पााच बजेतिर सल्यानको दार्मा गाउापालिकामा एक महिलाको घााटी थिचेर हत्या भयो ।  अभियुक्तको पहिचान हुन नसक्दा घटना कसले र किन गरायो भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ । यस्तै, गतवर्ष साउनको दोस्रो साता दैलेख नारायण नगरपालिका घर भएकी एक महिला सुर्खेत वीरेन्द्रनगरस्थित जंगलमा मृत फेला परिन् । यी कणर्ालीमा भइरहेका अपराधका प्रतिनिधि घटना मात्रै  हुन् । २०७६/०७७ मा अपराधसाग सम्बन्धित एक हजार पाच सय १४ वटा मुद्धा दर्ता भएको कणर्ालीमा यो वर्ष हालसम्म एक हजार पाच सय ५४ मुद्धा दर्ता भए । अपराधीले उन्मुक्ति पाउने क्रम रोकिएको छैन । 

गएका चार वर्षमा चार हजार सात सय ८८ अपराधसंग सम्बन्धित घटना प्रहरीमा दर्ता भएका छन् । यसमा सबैभन्दा बढी ज्यान मार्ने र ज्यान मार्ने उद्योगसाग सम्बन्धित एक हजार २० घटना छन् । यस्तै, आत्महत्या, चोरी, संगठित तथा आर्थिक, सामाजिक, महिला तथा बालबालिका र सवारी सम्बन्धी घटना छन् । प्रहरीकै तथ्यांक हेर्दा यी मध्ये ८० प्रतिशत घटनाको टुंगो लागेको छैन । केही घटना अदालती प्रक्रियामा छन् भने केहीमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अभियुक्तहरु जिल्लान्तर लुक्ने मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रमा लुक्ने भएका कारण सजायको दायरामा ल्याउन नसकिएको प्रहरीको भनाइ छ । अपराधका घटनामा न्युनिकरणका लागि प्रहरीको निगरानीमा बढोत्तरीका साथै अनुसन्धानलाई बलियो बनाउन जरुरी छ ।