प्रदेश एकको सभामा मुख्यमन्त्री र मन्त्रीमाथि अनियमितताका आरोप

श्रावण ७, २०७८

प्रदेश सभामा मुख्यमन्त्री र मन्त्रीबिरूद्धसदस्यहरूले विभिन्न आरोप लगाउादा पनि उनीहरूले त्यसलाई गम्भिरतापूर्वक लिएको देखिादैन । न त प्रदेश सभाले नै त्यस्ता गम्भिर विषयमा छानबिन गरी किनारा लगाउन अग्रसरता देखाएको छ  न त आरोप लागेका मन्त्रीले छटानविनको तत्परता देखाएका छन् ।

एक नम्बर प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत असार ११ गतेको बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य मोहनकुमार खड्काले कुनै डिभिजनल इञ्जिनियरलाई ओखलढुङ्गा पठाएको र उनले पााच दिन लगाएर ओखलढुङ्गा र सोलुखुम्बुका बहुवषर्ीय सडक योजनाको आर्थिक लेनदेनको हिसाव मिलाएर ठेक्का लगाएको आरोप लगाए  ।  

सोही दिन पञ्चकन्या मोटरेबल पुलको काम नगर्नु भनेर मुख्यमन्त्री शेरधन राईले निर्देशन दिएको प्रसङ्ग उल्लेख गर्दै प्रदेश सभा सदस्य खड्काले त्यसमा कमिसन नपाएर रोकेको कि भोजपुरमा बजेट नपुगेर रोकेको भन्दै प्रश्न गरेका थिए । 

असार आठ गतेको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मन्त्रीले आर्थिक लाभ प्राप्त गर्ने योजना तथा कार्यक्रममा मात्र रकम विनियोजन गरेको आरोप लगाएका थिए ।  

असार १३ गतेको बैठकमा त प्रमुख सचेतक कार्कीले मानसिक सन्तुलन गुमाएर बजेट लेखेकोसम्म आरोप लगाए  । 

यी त केही उदाहरण मात्र हुन् प्रदेश सभा सदस्यले सरकार, मुख्यमन्त्री र मन्त्रीहरु बिरूद्ध एक मात्र होइन, विभिन्न  आरोप लगाउादासमेत सरकारले त्यस विषयमा स्पष्ट पारेको छैन ।  प्रदेश सभामा उठेका विषयलाई कसैले गम्भिरता पूर्वक नलिादा प्रदेश सभाको गरिमा बढ्न नसकेको राजनीतिक विश्लेषकको भनाई छ । 

प्रदेश सभा सदस्यले उठाएका कुरा सुनेर उडाउने सरकार र आफुले बोलेका कुरामा सरकारबाट स्पष्ट धाराण नआउादा पनि चुप लागेर बस्ने सदस्यको कार्यले प्रदेश सभामा उठेका विषयले प्रदेशवासीको ध्यान आकषिर्त गर्न सकेको छैन ।