Kantipur Samachar | कान्तिपुर समाचार, ०५ श्रावण २०७८

श्रावण ५, २०७८

आजको मुख्य समाचार -

* एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी एकतासम्बन्धी १० बुँदे प्रस्ताव कार्यान्वयनमा जोड / नेपाल समूह भने सरकारमा सहभागिताबारे बेग्लै छलफलमा । 

* काठमाडौँ उपत्यकामा कोरोना संक्रमण लगातार वृद्धि / आज मात्रै ७ सय १९ संक्रमित थपिए / देशभर २५ जनाको मृत्यु ।

* बिनापूर्वाधार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारको दबाब / पाँच अर्बको ठेक्का पाएर कामै नगर्ने ठेकेदार पोस्ने निर्देशन ।

* भारतमा कोभिड महामारीका दौरान ४० लाखभन्दा बढीको मृत्यु भएको एक अध्ययनको निष्कर्ष / सरकारी अभिलेखमा भने ४ लाखको मात्र आँकडा ।

* दुई दिनपछि सुरु हुने टोकियो ओलम्पिकको सफल आयोजनालाई लिएर अझै संशय / कोरोना नै मुख्य चुनौती /  सावधानी अपनाइएकाले आत्तिनुपर्ने स्थिति नरहेको आयोजक समितिको दावी ।