Kantipur Samachar | कान्तिपुर समाचार, ०३ श्रावण २०७८

श्रावण ४, २०७८

आजको मुख्य समाचार -

* देउवालाई समर्थन गर्ने नेपालसहित २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण / नेपाल खेमा भने संसदीय दलमा हैसियत बढाउने कसरतमा ।  

* संसदबाट बलियो समर्थन पाएका प्रधानमन्त्री देउवालाई भागबण्डा मिलाउन कठिन / ससाना घटकलाई रिझाउनुपर्ने बाध्यता ।

* कोरोना संक्रमण दर २० प्रतिशतभन्दा घट्नै सकेन / आज ३२ संक्रमितको मृत्यु / अनुदान वा बिक्री जसरी भए पनि खोप आपूर्तिमा सघाउन उत्पादक राष्ट्रहरुलाई सरकारको आग्रह । 

* महामारीका बीच घरजग्गा कारोबारमा डेढ सय प्रतिशतको वृद्धि / अधिकांश सहरी क्षेत्रमा किनबेच उच्च /  वर्षमा ५३ अर्ब राजस्व संकलन ।

* अफगानिस्तानमा रहेका १५ वटा कूटनीतिक नियोगद्वारा तालिबानलाई तत्काल युद्ध रोक्न आग्रह /  दोहामा जारी बृहत शान्ति वार्ता निष्कर्षमा पुग्नेमा आशंका ।