Kantipur Samachar | कान्तिपुर समाचार, ०३ श्रावण २०७८

श्रावण ३, २०७८

आजको मुख्य समाचार -

* प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा बहुमत निश्चित / संसदमा मत विभाजन प्रकृया जारी ।

* प्रधानमन्त्री देउवालाई एमालेका माधव नेपाल पक्षका सांसदको समेत समर्थन / जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने ।

* ओलीको अहंकारले सीमा नाघेपछि संविधान जोगाउन देउवालाई प्रधानमन्त्री बनाउनुपरेको सत्ता पक्षका नेताहरुको भनाइ / धारा ७६ ‍पाँचको गलत व्याख्याले निर्दलीयतालाई प्रश्रय दिएको एमालेको टिप्पणी । 

* ओली सरकारले गरेका निर्णय उल्टिन थाले / संवै‌धानिक परिषद् सम्बन्धी अध्यादेश खारेज /  ११ देशमा राजदूत नियुक्तिको सिफारिस पनि रद्द ।

र,

* ओलम्पिकका लागि टोकियो पुगेका खेलाडी र पदाधिकारीमा कोभिड संक्रमण बढ्दो / जापान जाने तयारीमा रहेकी एथ्लेटिक्सकी प्रशिक्षक मल्ल पनि संक्रमित ।