धनुषाको लक्ष्मीपुरमा पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु

जेष्ठ २८, २०७८

धनुषाको मुखियापट्टी मसहरनिया गाउँपालिका लक्ष्मीपुरमा पाँच जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । भारतीय सीमावर्ती लक्ष्मीपुरस्थित खेतमा नयाँ खनेको पोखरीबाट पाँच जना बालिकाको शव निकालिएको छ । प्रहरीले उनीहरुसंगै गएका अन्य चार जना बालिकाको  खोजी गरिरहेको छ ।