निषेधाज्ञाका कारण पशुपन्छीको उपचारमा समस्या, लुम्बिनीमा भने फोनबाट परामर्श

जेष्ठ २८, २०७८

अहिले अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । यस्तो असहज परिस्थितिमा पशुपन्छी तथा अन्य जनावरको उपचारमा पनि समस्या देखिएको छ । उपचार सहज बनाउन लुम्बिनी प्रदेशमा भने पशु चिकित्सकहरुले फोनबाट परामर्श दिइरहेका छन् ।

पशुपालक किसानले पशु उपचारकालागि चिकित्सकसाग परामर्श लिदै र चिकित्सकले उपचार पद्दती सिकाउादै गरेको अनलाइन भिडियो सम्बाद) 

भैासी बिरामी भएपछि रुपन्देहीका किसान पन्नेलाल केवटले चिकित्सकसाग फोनबाट परामर्श लिएर आफै औषधोपचार गरेका छन् । जारी निषेधाज्ञाले पशुपन्छीको उपचारमा कठिनाइ हुन थालेपछि यसरी नै अधिकांश किसानले पशु चिकित्सकसाग फोनबाट परामर्श लिने गरेका छन् । भेटेरिनरी अस्पताल नजिक भएका किसानले अस्पतालमै पुगेर पशुपन्छीको उपचार गराउाछन् । आवश्यक परे पशु चिकित्सकहरु किसानका गोठमा समेत आउने गरेका छन् ।  

एक महिनामा करिव नौ हजार जनाले फोनबाट उपचार परामर्श लिएका छन् । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेशले १२ वटा जिल्लाका ३७ जना पशु चिकित्सकबाट परामर्श सेवा दिइरहेकोे छ । आवश्यकताका आधारमा प्राविधिकहरु किसानकोमै गएर उपचार गर्ने गरेका छन् । गतवर्ष भएको लकडाउनमा अधिकांश किसानले पशुपन्छीको  उपचार गर्न नपाएर ठूलो क्षति व्यहोर्नुपरेको थियो । उपचार सहज बनाउन यसवर्ष फोनबाट किसानलाई परामर्श दिन थालेको लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयले जनाएको छ । 

सेवा प्रवाहबाट पशुपन्छीको संरक्षण र सुरक्षित पशुजन्य खाद्य पदार्थको सुनिश्चितता हुने चिकित्सकहरुले बताएका छन् । महामारीको बेला निःशुल्क भेटेरिनरी सेवा सञ्चालन भएपछि आफूहरु लाभाविन्त भएको किसानको भनाइ छ ।