प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको सपथ, पुरानै मन्त्रिपरिषद्लाई निरन्तरता

वैशाख ३१, २०७८

राष्ट्पति निवास शितल निवास आज राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई  संसदमा सबैभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीको शपथ गराएकी हुन् । ओलीको यो तेश्रो सत्तारोहण हो। 

यसअघि उनी २०७२ असोज र २०७४ फागुनमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेपछि ओलीले आफ्नो अघिल्लै मन्त्रिपरिषद्धका सदस्यहरुलाई फेरि दोहोर्याएका छन् । नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई समेत राष्ट्रपतिले शपथ खुवाईन । राज्यमन्त्रीहरुलाई भने प्रधानमन्त्री ओलीले सपथ गराए। उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुलाई ओलीले पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । राष्ट्पतिले गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अवेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।