बाँकेका अस्पतालमा शय्या अभावले संक्रमित उपचारबाट बञ्चित

वैशाख २१, २०७८

सीमावर्ती जिल्ला बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र हो ।  किनकि पश्चिम नेपालमा सबैभन्दा ठूला अस्पताल बाँकेमै छन् । तर ठूला अस्पतालमध्ये नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरस संक्रमितलाई शय्या खाली नभएको भन्दै मूलद्वारबाटै फर्काइदिँदा धेरै संक्रमित संकटमा परेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,  प्रहरी प्रमुख ओमबहादुर राना र चिकित्सक सहितको  एउटा अनुगमन टोली आईतबार  नेपालगन्ज मेडिकल कलेज , शिक्षण अस्पताल कोहलपुर पुग्दा उपचार नै नगरि फर्काइएकी कोरोना भाइरस संक्रमित यी महिला ज्यान  जोगाइ दिन हारगुहार गर्दै रोइरहेकी थिइन् ।  अन्य गम्भीर अवस्थाका ५ जना संक्रमित पनि  शिक्षण अस्पतालले शैया छैन भन्दै उपचार गर्न नमानेपछि  फर्किदै थिए ।   

शिक्षण अस्पतालमा  आइतबार देखिएको  यो एउटा प्रतिनिधी मुलक घट्ना मात्र हो ।  यो अस्तालमा जाने संक्रमितमध्ये दैनिक धेरै जना  फिर्ता भैरहेका छन् । औषधी उपचार होला र ज्यान जोगिएला भन्ने आशामा जाने अस्पताल जाने संक्रमित रुदै फर्किएको  देखेका   प्रमुख जिल्ला अधिकारीले मेडिकल कलेजका सहायक निर्देशक  नितिषकुमार कनोडियालाई  शैया र अक्सीजन नभएको निहुँमा यति ठूलो अस्पताल आइपुगेका संक्रमितलाई ढोकाबाटै  फिर्ता नगर्न र सक्दो मानिवीय  सहयोग गर्न  आग्रह गर्दै थिए ।  

जनसंख्या तथा  स्वास्थ्य मन्त्रालयका प्रमुख  विशेषज्ञ महेन्द्र श्रेष्ठ सहितका अधिकारीसंग  नेपालगन्ज मेडिकल कलेजले ३ सय शैयाको कोरोना विशेष अस्पातल सन्चालन गर्ने भनेको थियो । तर त्यसको आधा पनि सन्चालनमा ल्याएको छैन । शिक्षण अस्पतालको व्यवस्थापन पक्षसंग सन्चालित वार्डमा समेत पहुँच नहुँनेहरुले भर्ना पाउन मुस्किल भैरहेको धेरैले गुनासो गरेका छन् । 

शिक्षण अस्पतालले अक्सीजन पाइपलाइन भएका शैया र  स्वास्थ्य नजशक्ति अभाव देखाएर ज्यानसंकटमा परेका संक्रमितलाई  उपचार नै नगरि  फर्काउने गरेको छ ।  जबकी शिक्षण अस्पतालमा  अक्सीजन सिलीन्डर मगाएर  लगाउन सक्ने र जान्ने  जनशक्तिको कुनै  कमि छैन । तर निजी स्तरका यस्ता ठूला अस्पतालले  सेवालाई भन्दा रकम असुल्ने धन्दालाई प्राथमिकता दिने र   बिभिन्न निहुँमा हातबाधेर बस्दा बचाउन सकिने भाइरस संक्रमितको समेत ज्यान जानसक्ने जोखिम बढेको छ ।