भारतबाट सोझै घर पुगेकासँगै गाउँगाउँमा फैलियो महामारी

वैशाख २१, २०७८

भारतबाट आउनेको सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण नगरी सोझै गाउँघर पठाउँदा हिमाली तथा पहाडी क्षेत्रका बस्तीमा महामारी फैलिने क्रम बढेको छ । खुला गरिएका पूर्व मेचीदेखि पश्चिम दार्चुलासम्मका नाकामा अहिले न प्रभावकारी रूपमा स्वास्थ्य परीक्षण भइरहेको छ, न त केही दिन राख्न होल्डिङ्ग सेन्टर नै बनाइएका छन् । 

अहिले दार्चुला र बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर गौरिफन्टा, बााकेको जमुनाहा, कपिलवस्तुको कृष्ण नगर, रुपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, रौतहटको गौर, झापाको कााकडभिट्टा र विराटनगरको रानीलगायतका नाका भारतबाट आउन खुल्ला गरिएका छन् । भारतबाट आउने मानिस  ती सिमानाकाबाट स्वास्थ्य परीक्षण विनै घर गइरहेका छन् । ती मानिसमार्फत भाइरसको संक्रमण पहाडका गाउागाउा र समुदायस्तरमै पुगेको छ । कोरोना भाइरसको परीक्षण गर्दा अहिले पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा संक्रमित भेटिनथालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली ओलीलेले सोमबार देशका सवै सीमा नाकाबाट नेपाल आउने मानिसलाई केही दिन होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि मात्र घर पठाउने भनेका थिए । तर कतै होल्डिङ सेन्टर बनाइएका छैनन् र  स्वास्थ्य परीक्षण पनि शंका लागेकालाई मात्र गरिन्छ । भारतबाट आउने सवैको स्वास्थ्य परीक्षण गरिएकै छैन । 

भारतबाट आउनेको सीमा नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र नहुने भन्दै चिकित्सकले होल्डिङ सेन्टरमा कम्तिमा सात दिन राख्नैपर्ने सुझाव दिएका छन् । पााचदेखि सात दिनमा लक्षण देखिने र नदेखिए घर पठाउन सकिने चिकित्सकको सुझाव छ । अहिले महामारीको जोखिम कम गर्न अर्थात भाइरसको चेन ब्रेक गर्न  अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ । तर सीमाबाट आउने मानिसको व्यवस्थापन विना गरिएको निषेधाज्ञा निष्प्रभावी भएकाले त्यस तर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव  छ । 

पहिलो लहरमा फैलिएको कोरोना संङ्क्रमणका बेला भारतबाट आउनेलाई क्वारेन्टिन बनाएर व्यवस्थित तरिकाले घर पठाउने गरिएको थियो । तर अहिले त्यस तर्फ तीन तहकै सरकार उदासीन देखिदा पहाडका गाउावस्ती कोरोना भाइरस संङ्क्रमणको चपेटामा पर्ने जोखिम बढेको हो । हिमाली तथा पहाडी क्षेत्रका गाउागाउामा कोरोना भाइरस संक्रमणको महामारी रोक्न पूर्वमेचीदेखि सुदूरपश्चिमसम्मका सवै दक्षिणी नाकाबाट आउनेलाई केही दिन सीमा क्षेत्रमै बनाइएका होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउने व्यवस्था मिलाउनुपर्छ ।