कुलमान गएपछि विद्युत चुहावट बढ्यो

चैत्र २४, २०७७

गर्मी लागेसागै हुकिङ तथा बाइपास गरेर बिद्युत चोरी गर्ने क्रम बढेको छ । खासगरी प्रदेश दुई र वाग्मती प्रदेशमा चुहावट १ प्रतिशतले चुहावट बढेको  हो  । जनकपुर वितरण केन्द्रअन्तर्गत बारा, पर्सा, सप्तरी र सर्लाहीमा चुहावट बढेको विद्युत प्राधिकरणले जनाएको छ । प्रदेश २ मा एक वर्षअघि चुहावट १५ प्रतिशत थियो । अहिले बढेर १६ प्रतिशत पुगेको छ ।  त्यस्तै बागमती प्रदेशको चुहावट ७ प्रतिशतबाट बढेर आठ प्रतिशत पुगेको छ  । यो प्रदेशमा खासगरी भक्तपुर र ललितपुरमा चुहावट बढेको हो । चोरी बढेको थाहा पाएर पनि प्राधिकरणले प्रभावकारी कदम भने चालेको छैन । उसले चुहावट रोकथाममा कोरोना महामारीको बहानाबाजी गरेको छ । जबकि अहिलेको चुहावट कायमै रहे प्रदेश २ मा मात्र प्राधिकरणलाई ७० करोड रुपैयााको क्षति हुन्छ । 

असारसम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत थियो । माघ मसान्तमा बढेर  ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ । जबकि चुहावट ८ दशमलव ५  प्रतिशतमा झार्ने लक्ष्य थियो । ट्रान्समिसन लाइन तथा ट्रान्सर्फमर गुणस्तरीय नहुादा पनि चुहावट बढ्छ । प्राधिकरणले अहिले ट्रान्समिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहावट रोकथाममा सहयोग पुग्ने जानकारहरुको भनाइ छ । 

चुहावट नियन्त्रणमा प्राधिकरण कठोर नबने त्यसले आपूर्तिमै गडबडी नहोला भन्न सकिन्न ।