Kantipur Samachar | कान्तिपुर समाचार, २३ चैत्र २०७७

चैत्र २३, २०७७

आजको मुख्य समाचार

* प्रतिनिधिसभा पुनर्स्थापनाको एक महिना दलहरुबीच आरोप प्रत्यारोपमै बित्यो / एउटा पनि विधेयकमा छलफल भएन / जनसरोकारका विषय ओझेलमा ।  

* कोरोना संक्रमण दुई महिनायताकै उच्च / एकै दिन २ सय ६६ जना संक्रमित थपिए / स्वास्थ्य मापदण्ड पालना नगरे महामारी उच्च विन्दुमा पुग्ने स्वास्थ्यमन्त्रीको चेतावनी ।  

* प्रभावकारी नियमन नहुँदा सहकारी संस्था आर्थिक अपराधका केन्द्र बन्न थाले / सञ्चालकबाटै ठूल्ठूलो रकम अपचलन / अवैध आर्जन परिचालनको आशंकामा एकै वर्षमा तीन अर्बको मुद्दा । 

* इण्डोनेसिया र पूर्वी टिमोरमा बाढीको कहर / मृत्यु हुनेको संख्या एक सय नाघ्यो / हजारौं घर डुबानमा । 

* संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाईनलमा /  डिफेण्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी  एक शून्यले पराजित ।