क्रसर उद्योगले खोस्यो रैथाने समुदायको पेसा, इन्द्रवती नदी नजिकका अधिकांश युवा पलायन

चैत्र २३, २०७७

सिन्धुपाल्चोकको इन्द्रावती नदीमा काठको डुङ्गा चलाउने पेसा लोप भएको छ । नदीमा पुल बनेपछि र क्रसर उद्योग सञ्चालन भएपछि इन्द्रावतीका दनुवार र माझी समुदायको डुङ्गा चलाउने पुर्खौली पेशा लोप भएको हो ।

इन्द्रावती गााउपालिका बोटगाउाका मानबाहादुर माझीले एक दशक अघिसम्म इन्द्रावती नदीमा डुङ्गामा मान्छे वारपार गर्थे । अहिले उनी माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन् । नदी आसपासमा दजर्नाै क्रसर उद्योगसागै सिपाघाटमा पुल बनेपछि डुङ्गा चलाउन छाड्नुपर्ने बाध्यता आएको हो । 

त्यस्तै अमरबहादुर माझीले यसै ठाउँमा १५ वर्ष डुङ्गा चलाएर परिवारको गर्जो टार्ने गर्थे । अहिले उनलाई विगतको आफ्नै वास्ताविक जीवन सपना झै लाग्छ । 

विगतमा आफैले काठको डुङ्गा बनाएर मान्छे वारपार गर्ने माझीको पुर्खौली पेशा नदीको पानी कहिले धेरै कहिले हुँदै नहुने र अन्य विविध समस्याका कारण निरन्तरता नपाउँदा हराउँदै गएको हो ।

पहिला आँफैले बनाएर आफ्नो जीवनको सारथी बनेको डुङ्गा देख्न अहिले माझीलाई नै कुनै पर्व आउनुपर्छ ।  इन्द्रावती खोलामा झलुंगे र पक्की पुल निर्माणले संकटमा परेको माझीको पुर्खौली पेशा क्रसर उद्योगबाट नदीदोहन हुनथालेपछि लोप हुन पुगेको उनीहरुको दुखेसो छ । 

दैनिक अन्नबाली र पैसा आउने डुङ्गा चलाउने पेशा नै हराएपछि अहिले यहाँका अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्ने गर्छन् । पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणले सिन्धुपाल्चोकको इन्द्रावतीमा डुङ्गा देख्न पनि पाइदैन् ।