फाल्गुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको छ । सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको पुस ५ को निर्णय आज बदर गरिदिएको हो । सर्वोच्चको फैसलाको अर्थ र सन्देशबारे हामीले संविधानविद् पूर्णमान शाक्यसँग कुरा गरेका छौं ।