बेलहिया नाकामा मालवाहक सवारीमा भारतीय सुरक्षाकर्मीको अवरोध

माघ १, २०७७

रुपन्देहीको बेलहिया नाका भएर नेपाल प्रवेश गर्ने सवारी साधनलाई कडाइ गर्न थालेपछि भारततर्फ मालवाहक गाडीको ताँती लागेको छ । भारतीय सुरक्षाकर्मीबाट भइरहेको गैरभन्सार क्रियाकलापले नेपाली उद्योगी आजित छन् । कोरोना महामारीपछि बल्ल राहत महसुस गर्न थालेका व्यवसायीले यही कारण दैनिक करोडौँ रकम गुमाउनुपरेको गुनासो गरेका छन् ।