हुलाकी राजमार्गको प्रगति निराशाजनक

श्रावण १८, २०७७

पटक पटक चर्चामा आएपनि तराईको मेरुदण्डका रुपमा चिनिने हुलाकी राजमार्गको निर्माण कार्यले अझै गति लिएको छैन् । गएको बर्ष लक्ष्य अनुसारको भौतिक प्रगति देखिएपनि सडक निर्माण र पुलपुलेसाको काम सम्पन्न हुन अझ केहि बर्ष लाग्ने भएको छ । बिभिन्न बहानामा निर्माणमा भएको अलमलले स्थानीयलाई सकस छ ।यो, हुलाकी राजमार्ग अन्तर्गत २०६८ सालमा निर्माणाधीन कमला पुल हो । २८ करोड १५ लाख रुपैयााको लागतमा निर्माण भइरहेको यस पुलको लम्वाई चार सय ६४ मिटर छ । ठेक्का लागेको ८ वर्षपछि बल्ल निर्माणको कामले गतिलिएको छ । धनुषा र सिरहाको सीमा कमला नदीमा पुल निर्माणले जेनतेन गतिलिएपनि समग्र हुलाकी राजमार्गको कार्य प्रगति भने सन्तोष गर्न लायक छैन । चार वर्षअघि ७० करोडमा ठेक्का सम्झौता भएको जनकपुरको कदमचोकदेखि कमलानदी सम्मको २९ किलोमिटर सडकको निर्माण कार्य ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । जबकी सम्झौता अनुसार यो खण्ड २ बर्ष अघि नै सकिनुपर्ने थियो । बलान कमला सिरहा, नायारोड बरहथवा मधुवनी, नवलपुर मलंगवा, बााके संग्रामपुर, जनकपुर वलबा हर्दी, फुलजोर त्रिभुवननगर लगायतका मुख्य हुलाकी राजमार्ग मूख्य खण्ड र भारतीय सिमाना संग पूर्वपश्चिम राजमार्ग संग जोडिने सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका सडकको कामपनि निकै सुस्त छ । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुरका अनुसार प्रदेश २ को ४ जिल्ला जोड्ने २ सय १८ किलोमिटर लामो यो आयोजनाको काम मध्ये गत आर्थिक  वर्षमा झण्डै ३४ किलोमिटर मात्र सडक कालोपत्रे गरिएको छ । यस पटक लकडाउनले निर्माण समाग्री र जनशक्ति अभाव तथा जेठ महिनाबाटै सुरु भएको झरीले पनि काम प्रभावित भएको आयोजनाले जनाएको छ । सडक छेउछाउका घर टहरा नहटाईएका कारण भद्रगोल निर्माणाधीन सडकमा स्थानीयलाई आउजाउामा सकस छ । कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने यस क्षेत्रको बजार पहुाच समेत प्रभावितभएको छ ।