लकडाउनमा संस्कृत भाषा सिक्दै विद्यार्थी

श्रावण १८, २०७७

कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएर फुर्सदिला बनेका स्थानीय विद्यार्थीलाई लक्षित गरी रुपन्देहीको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामले संस्कृत भाषा सिकाउन थालेको छ । संस्कृत भाषाको सिकाइले बालबालिकाको स्मरण शक्ति बढ्ने, शब्दहरु स्पष्टसँग उच्चारण गर्न सक्ने र उनीहरुको व्यवहारमा सकारात्मक परिवर्तन आउने धामका आचार्यहरुले बताएका छन् ।