लकडाउन खुलेपछि वीरगञ्जमा महामारी भयावह बन्दै

श्रावण १८, २०७७

संक्रमणको उच्च जोखिममा पुगेको वीरगन्जमा कोरोना भाइरसका १३ औं बिरामीको मृत्यु भएको छ । संक्रमितको उपचारमा संलग्न चिकित्सकमा समेत एकपछि अर्को गरी भाइरस देखिन थालेको छ । जसका कारण त्यहाँ संक्रमण रोकथाम चुनौतीपूर्ण भएको छ ।

लकडाउनको अन्त हुनु अघि दुई जना मात्र साक्रमित भर्ना रहेको वीरगन्जस्थित नारायणी अस्थायि कोरोना अस्पताल गण्डकमा अहिले कोरोना भाईरसको लक्षण सहितका ६३ जना साक्रमितहरु भर्ना छन् । लकडाउनको अन्तसँगै वीरगन्जमा लक्षण सहितको साक्रमितको संख्यामा अचानक बृद्धि भएपछि यो अस्पतालले अहिले संक्रमितलाई थेग्नसक्ने अवस्था छैन् । भाईरस साक्रमितको उपचारका लागि ५० शैया क्षमताको यो अस्पतालको अन्य बिकल्प समेत नभएको कारण पर्सा जिल्लाका कतिपय साक्रमितलाइ अस्पतालमा ल्याउन नसकेर उनीहरु आफ्नै घरमा बस्नुपर्ने र अन्यको सम्पर्कमा आउनुपर्ने बाध्यता छ । यसले साक्रमणको जोखिमलाई झनै बढाएको उपचारमा सालग्न चिकित्सकहरु बताउाछन् । 

स‌ंक्रमितमध्ये केहीको मृत्यु भैसकेको छ भने अझै दिनदिनै मृत्यु हुने क्रम बढदो छ । भाईरसको संक्रमणबाट मृत्यु भएर अस्पतालबाट दिनदिनै निस्कने संक्रमितको शवलाई देखेर उपचारमा सालग्न चिकित्सकहरुको मनोबल पनि खस्किँदै गएको छ । पछिल्लो समय भाईरस संक्रमणको रोकथाम र नियन्त्रणमा प्रत्यक्ष भुमिका निर्वाह गर्ने जनप्रतिनिधि, प्रहरी, सेना र साक्रमितको पहिचान तथा उपचारमा संलग्न केही चिकित्सक र स्वास्थ्यकर्मी समेत भाइरसबाट संक्रमित हुने क्रम बढदो छ । यसले वीरगन्जको अवस्थालाई एकातिर भयावह बनाउँदै गएको छ भने भाईरस साक्रमणको रोकथाम र नियन्त्रणका प्रयासहरु निस्प्रभावी जस्तै देखिएका छन् । 

वीरगन्जको अहिलेको अवस्थाप्रति तिनै तहको सरकार गम्भीर नेखिएकै कारण स्थिति झनै भयावह बन्दैगएको चिकित्सकहरुको गुनासो छ । भारतको बिहार राज्यमा अहिले कोरोना भाईरस संक्रमणको दर भारतकै अन्य राज्यको तुलनामा उच्च बिन्दुमा पुग्नु र नेपालमा लकडाउनको अन्तसागै बिहारसँग सिमा जोडिएका तराईका जिल्लाहरुमा बिहारबाट बिभिन्न बहानामा व्यक्तिहरुको आवागन बढनुले पनि सिमावर्ति जिल्ला पर्सामा संक्रमणको जोखिमलाई झनै बढाएको हो ।