Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०७७

असार २२, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, २२ असार २०७७

आजको मुख्य समाचार -

* सत्तारूढ नेकपामा चर्किएको विवाद मत्थर / वार्ताबाटै मिलनविन्दु खोज्न दुवै पक्ष तयार / स्थायी समिति बैठक २ दिन पर धकेलियो । 

* काठमाडौँ उपत्यकामै आज ५४ संक्रमित थपिए / महामारी समुदायमा फैलिएको आशंकामा थप नमुना संकलन / मास्क नलगाई बाहिर ननिस्कन सरकारको आग्रह । 

* समाजका अगुवा र सरकारी पदाधिकारी नै भीडभाडको अगुवाइ गर्न थाले / लकडाउन उल्लंघन गर्दै ठाउँठाउँमा प्रदर्शन र भेला / संक्रमणको जोखिम पूरै बेवास्ता ।

 

* लकडाउनकै बीच ऋण तिर्न बैंकहरुको ताकेता / किस्ता तिर्ने अवधि बढाइदिन सरकारसँग उद्योगी व्यवसायीको आग्रह । 

* खेल संघहरुमा आर्थिक बेथितिको हद् / बेरुजू फर्स्योट नगर्दा २३ वटा संघ पुरस्कार पाउनबाटै वञ्चित ।

थप जानकारीका लागि यस लिंकमा गई २२ असार २०७७, सोमबारको कान्तिपुर समाचार हेर्नुहोस् ।