Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०७७

असार २०, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, २० असार २०७७

आजको मुख्य समाचार -

* नेकपाभित्र विवाद चर्किएका बेला राष्ट्रपतिसँग प्रधानमन्त्रीको दोस्रो भेट / दुई अध्यक्षबीच आज छलफलै हुन सकेन / स्थायी समितिको बैठक पर्सिलाई सारियो ।

* निर्माण क्षेत्रमा बदनामी कमाएका ठेकेदारलाई ३ अर्बको मल आपूर्तिको जिम्मा / सुरुकै ठेक्कामा सम्झौताअनुसार काम नगर्दा मलको हाहाकार । 

* देशभर कोरोना भाइरसका संक्रमित साढे १५ हजार पुगे / सुदूरपश्चिममा महामारी / ५ सयभन्दा बढी संक्रमित हुने ११ मध्ये सुदूरपश्चिमका मात्रै ४ जिल्ला ।

* बझाङको मल्लेसीमा पहिरोले १८ घर बगायो / ६ जनाको मृत्यु / एक जना अझै वेपत्ता / चार सय विस्थापित ।

* महामारी फैलिएको ६ महिनापछि डब्लुएचओको टोली कोरोना भाइरसको उद्गम मानिएको चीनको वुहान जाँदै / उत्पत्ति र फैलावटबारे अनुसन्धान गर्ने ।

थप जानकारीका लागि यस लिंकमा गई २० असार २०७७, शनिबारको कान्तिपुर समाचार हेर्नुहोस् ।