Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०७७

असार १७, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १७ असार २०७७

आजको मुख्य समाचार -

* नेकपामा स्थायी समितिको बैठक रोकेर गुटगत भेला तीब्र / ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने विरोधी खेमाको रणनीति / कुनै हालतमा नछाड्ने ओलीको अडान । 

* कोरोना संक्रमित १४ हजार नाघे / २ हजार बढी १८ वर्षमुनिका / बालबालिकालाई घरमै राख्न र भीडभाडबाट जोगाउन अभिभावकलाई स्वास्थ्य मन्त्रालयको आग्रह । 

* सामान अभावमा प्रयोगशालाको क्षमताअनुसार पनि परीक्षण हुन छाड्यो / दैनिक परीक्षण ५ हजारभन्दा कम / चिकित्सक भन्छन्- स्वास्थ्य मन्त्रालयको काम अरुलाई जिम्मा लगाउँदा समस्या ।  

* डेढ महिनापछि खुलेको सेयरबजारमा दोस्रो दिन पनि उल्लेख्य सुधार / नेप्सेमा ७५ अंकको वृद्धि / कारोबार ४० करोड नाघ्यो ।  

* चीनले ल्याएको नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा प्रदर्शन / २ सय जना पक्राउ ।

थप जानकारीका लागि यस लिंकमा गई १७ असार २०७७, बुधबारको कान्तिपुर समाचार हेर्नुहोस् ।