संक्रमण पुष्टि भएपछि घर पठाइयो, गाउँमा तनाव

असार १७, २०७७

पि सिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको दोश्रो दिनमा नै कोरोना भाइरसका संक्रमित एक सय दुई जनालाई घर पठाएपछि धादिङमा समस्या भएको छ । यस्तै समस्या सुदुरपश्चिममा पनि देखिएको थियो । सुदुरपश्चिममा पनि घर पठाइएका दुई सय तीस जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुन आइसोलेसनमा फर्काइयो । धादिङमा पनि ठीक त्यस्तै भएको छ ।  धादिङमा नतिजा पोजेटिभ आएपनि तिनीहरुलाई घर पठाउँदा संक्रमितलाई स्थानीयले गाउँ प्रवेश गर्न नदिँदा समस्या भएको हो ।

पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको दोश्रो दिनमा नै कोरोना भाइरसका संक्रमितलाई घर फर्काएपछि धादिङको त्रिपुरा सुन्दरीमा समस्या भएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि आइसोलेसनमा राखिएका भाइरसका संक्रमितलाई सरकारी मापदण्डभन्दा माथि गएर दोश्रो पटक संक्रमितको परीक्षण गरेको गाउापालिकाले नतिजा पोजेटिभ आएपनि घर पठाउँदा संक्रमितहरुलाई स्थानीयले गाउँ प्रवेश गर्न नदिएपछि त्यहाँ समस्या भएको हो । 

पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरसका संक्रमित देखिए संक्रमितलाई १४ दिन आइसोलेसनमा राखि संक्रमितमा थप लक्षण नदेखिए घर पठाउने भन्ने स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएको छ । तर धादिङको त्रिपुरासुन्दरीमा मन्त्रालयको निर्देशिकाभन्दामाथि गइ आइसोलेसनमा राखेका विरामिलाई १४ दिनपछि पुन पिसिआर विधिबाट परीक्षण गर्न पाठाउादा पुन परिक्षण रिपोर्ट पोजेटिभ देखियो  । तर नतिजा पोजेटिभ आएको भालिपल्टै गाउापालिकाले भने भाइरसका संक्रमितलाई गाउा पठायो । परीक्षण रिपोर्टमा पोजेटिभ देखिएपछि संक्रमितलाई अझै आइसोलेसनमा राख्नु पर्ने माग राखेका स्थानीयले उनीहरुलाइ गाउा जान रोके । अहिले उनिहरुलाई पुन आइसोलेसन फर्काइएको छ ।  

केहि दिनअघि भारतबाट आएका उनीहरुको आरडिटि परीक्षणमा नेगेटिभ आएपनि पिसिआर परिक्षणबाट कोरोना भाइरसको संक्रमण  पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा राखिएका भाइरस संक्रमितलाई गाउापालिकाले घर पठाउान नहुने वडाका जनप्रतिनिधिको भनाइ छ । 

गाउँपालिकाका अध्यक्षले भने नयाँ नयाँ संक्रमित थपिदै गएकाले व्यवस्थापनमा सहज होस भनेर कोरोना भाइरसको  परीक्षणमा नतिजा पोजेटिभ  आएको भए पनि उनीहरुमा लक्षण नदेखिएकाले घर पठाएको स्वीकार गरेका छन् । 

कोरोना भाइरसको परिक्षणपछि रिपोर्ट पोजेटिभ देखिदा देखिदै संक्रमितलाई घर पठाउँदा एकातिर संक्रमितको परिवार र समुदायकोबीचमा मतभेद बढायो भने अर्कातिर स्वास्थ्य मन्त्रालयकको निर्देशिका  लत्याएर गरेको परीक्षणले स्थानीय सरकारको  नीति चाहिँ के हो भन्ने तथ्य प्रस्ट भएन ।