उत्पादन बढाउन नसक्दा ११ महिनामा ३१ अर्बको चामल आयात

असार १६, २०७७

२०५० सालसम्म नेपालले धान निर्यात गथ्र्यो । सरकारले २०३० सालतिर धानचामल निर्यात कम्पनी नै खोलेको थियो । त्यो कम्पनीले तिब्बतदेखि अमेरिकासम्म धान बेच्थ्यो । भन्सार विभागकै तथ्यांक अनुसार आर्थिक वर्ष २०३५/०३६ मा २४ करोड ३८ लाख रुपैयााको धान निर्यात गरिएको थियो । समुद्री सतहबाट ६० मिटर उचाइको तराईदेखि ३ हजार मिटर अग्लो जुम्लाको छुमचौरमा धान उत्पादन हुन्छ । उत्साहपूर्ण इतिहास र अनुकूल हावापानीका बाबजुद अहिले चामलमा परनिर्भरता बढ्दो छ । चामलको आयात आठ वर्षमा दोब्बरभन्दा धेरैले बढेको छ । आर्थिक वर्ष २०६९/०७० मा १४ अर्बको चामल आयात भएको थियो भने आर्थिक वर्ष ११ महिनामा ३१ अर्बको चामल आयात गरेको भन्सार विभागको तथ्यांक छ । परम्परागत खेती प्रणाली, खेतीयोग्य जमिनको तिब्र खण्डीकरण, सिंचाइ सुविधा र बाली लगाउने बेला रासायनिक मल अभावले परनिर्भरताको ग्राफ वर्षेनि बढेको हो ।देशको कूल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २६ प्रतिशत रहेकामा त्यसमा धानको हिस्सा १५ प्रतिशतभन्दा बढी छ । धान उत्पादनमा हुने घटबढले गार्हस्थ्य उत्पादनकै आकडा फरक पर्छ । तर सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याउन सकेको छैन । रोपाईं हुने १४ लाख ६९ हजार हेक्टर क्षेत्रमध्ये कृषि मन्त्रालयकै तथ्यांक अनुसार ४५ प्रतिशत भागमा सिंचाइ सुविधा छैन । उत्पादन बढाउन ल्याइएका अनुदानका कार्यक्रममा वास्तविक किसानको पहुाच छैन । कृषिमा आधुनिकीकरणका लागि बजेट वर्षेनि बढाइए पनि त्यसको नतिजा उत्पादनमा देखिएको छैन । सरकारले किसानलाई आकषिर्त गर्न यसपालि रोपाईं सुरु हुनु पहिले नै धानको समर्थन मूल्य त तोकेको छ, तर मल अभावको समस्या ज्यूाका त्युा छ । यसपालि विदेशबाट ठूलो जनशक्ति स्वदेश फर्किएको छ । त्यो शक्तिलाई खेती किसानीमा आकषिर्त गर्न नसक्ने हो भने धान दिवस मनाउनुको त औचित्य हुादैन नै, चामलमा परनिर्भरता अझै अकासिनेछ ।