Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०७७

असार १५, २०७७

Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०७७

आजको मुख्य समाचार -

* मनसुन समयमै भित्रिएकाले असार १५ मै २५ प्रतिशत रोपाइँ सकियो / मलको समस्या भने ज्युँका त्युँ / उत्पादन बढाउन नसक्दा ११ महिनामा ३१ अर्बको चामल आयात । 

* विभागीय मन्त्रीको असहमतिबीच निजामती विधेयक संसदीय समितिबाट पारित / प्रदेशको प्रमुख सचिव संघले र स्थानीय तहको प्रशासक प्रदेशले खटाउने / खुला प्रतिस्पर्धाको दायरा खुम्च्याइयो ।

* कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघ्यो / दैनिक १५ हजार परीक्षण गर्ने  स्वास्थ्य मन्त्रीको वाचा पूरा भएन / अत्यावश्यक सामान खरिदको प्रकृयामै अलमल ।  

* लकडाउनका कारण बन्द सेयर बजार डेढ महिनापछि खुल्यो / ४८ करोड ७७ लाख रुपैयाँको कारोबार / किन्नेभन्दा बेच्ने धेरै । 

* चीनमा कोरोना भाइरसको दोस्रो लहर रोक्न पुनः लकडाउनको नीति /  भारतको महाराष्ट्रमा लकडाउन एक महिना थप ।

थप जानकारीका लागि यस लिंकमा गई १५ असार २०७७, सोमबारको कान्तिपुर समाचार हेर्नुहोस् ।