चकलेटको भन्सार किन घटाइयो ?

जेष्ठ १९, २०७७

सरकारले विदेशबाट आयात गरिने चकलेटको भन्सार दर घटाएको छ । स्रोत व्यवस्थापन गर्न चुनौती खेपिरहेको सरकारले चकलेटको भन्सार महशुल ४० प्रतिशतबाट ३० प्रतिशतमा झार्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।चकलेट जीवनयापनका लागि अत्यावश्यक वस्तु होइन । भान्सामा दिनहुा प्रयोग हुने पीठोको भन्सार महशुल बढाएको सरकारको कर नीति चकलेटप्रति लचिलो देखिएको छ । चकलेटको भन्सार महशुल १० प्रतिशत घटाइएको छ । जबकि स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएकाले सरकारसाग यसमा भन्सार बढाउने विकल्प थियो । अत्यावश्यक वस्तुमा नपर्ने चकलेटको भन्सार घटाएको सरकारले उपभोक्ताको दैनिकीसाग जोडिने अत्यावश्यक वस्तु महंगिने गरी भन्सार महशुल बढाएको छ । डिजेल र पेट्रोलको भन्सार महशुल प्रतिलिटर १० रुपैयाा बढाइएको छ । लकडाउनका कारण नेपाल आयल निगमले बढाइएको महशुल अनुसार भाउ बढाइसकेको छैन । तर प्रतिलिटर १० रुपैयाा भाउ बढेपछि ढुवानी भाडा बढी लत्ता कपडादेखि दैनिक उपभोग्य सबै वस्तु महंगिनेछन् । यस्तै यसको असर सार्वजनिक यातायातको भाडा समेत बढ्ने छ । अत्यावश्यक वस्तुमा नपर्ने भएकाले अर्थमन्त्रीले चकलेटको आयातलाई निरुत्साहित गर्न भन्दै आर्थिक वर्ष २०७५/०७६ मा कायम २० प्रतिशत भन्सार महशुल गत आर्थिक वर्ष बढाएर दोब्बर पुर्‍याएका थिए । चालु आर्थिक वर्ष फागुनसम्म २ अर्ब बराबरको ५ हजार टन चकलेट आयात भएकामा सरकारले त्यसवापत ८० करोड राजस्व पाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ७ हजार ५ सय टन चकलेट आयात भएको थियो । भन्सार महशुल बढाएको असर चोरी शिकारी बढेको आकलनसहित अर्थमन्त्रीले यसपालि १० प्रतिशत कर घटाएर चकलेट आयातकर्तालाई खुशी तुल्याएका छन् । आयातकर्तालाई रिझाउने भन्दा चोरी शिकारी रोक्ने जिम्मेवारी अर्थ मन्त्रालयकै हो ।