मारमा मध्यम वर्ग, छैन राहतको कार्यक्रम

जेष्ठ १७, २०७७

सरकारले कोरोना भाइरसको महामारीले प्रभावित क्षेत्रलाई राहत दिंदा निम्न तथा मध्यम वर्ग भने छुटेको छ । उद्योगी व्यवसायीलाई कर छुट र सहुलियत व्याजका कार्यक्रम ल्याइपनि सरकारी ढुकुटीबाट कुनै सुविधा नपाउने निम्न तथा मध्यम वर्गका लागि बजेटमा कुनै कार्यक्रम छैन । जबकि सरकारले यो वर्गसाग कर भने असुल्दै आएको छ । चैत ११ देखिको लकडाउनले उद्योग व्यवसाय मात्र होइन श्रमिक वर्ग पनि उतिकै प्रभावित छ । असंगठित क्षेत्रका श्रमिकले रोजगारी गुमाएका छन् भने संगठित क्षेत्रका श्रमिक पनि तलब सुविधा नपाउने अवस्थामा पुगेका छन् । तर सरकारले बजेटमार्फत आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउादा निम्न मध्यम र मध्यम वर्गलाई उपेक्षा गरेको छ । असंगठित क्षेत्रका श्रमिकलाई स्थानीय तहमार्फत सार्वजनिक निर्माणको क्षेत्रमा काम दिने भनिएको छ । यस्तै उद्योगी व्यवसायीका लागि आयकर छुट, विद्युत महशुल मिनाहा र छुट, ५ प्रतिशत व्याजमा  सहुलियत ऋण लगायत व्यवस्था गरिएको छ । तर खासगरी निजी क्षेत्रमा काम गर्ने श्रमिकका लागि भने राहतका कुनै कार्यक्रम पनि छैन । पारिश्रमिकको १ देखि ३६ प्रतिशत कर तिर्दै आएका श्रमिकलाई पूरै उपेक्षा गरिएको छ । निजी क्षेत्रमा औपचारिक रुपमा काम गर्नेको संख्या सरकारकै तथ्यांक अनुसार करिब ११ लाख हाराहारी छ । तिनीहरुमा करिब ५५ लाख आश्रति छन् । तर आयकरको सीमा समेत बढाइएको छैन । जसलाई करका जानकारहरुले सामाजिक न्यायको विपरीत भनेका छन् । 

सरकारले इन्धनदेखि अन्य वस्तुमा बढाएको भन्सार र अन्तशुल्कले बढाउने महंगीको मार धेरै खेप्नेहरु पनि निजी क्षेत्रमा काम गर्नेहरु हुन् । सरकारी ढुकुटीबाट तलब खानेले महंगी भत्तादेखि सामाजिक सुरक्षा पाउादै आएका छन् । उनीहरुका लागि एक लाखको निःशुल्क बीमा पनि गर्ने घोषणा बजेटमार्फत गरिएको छ । दुई वर्ष अघिसम्म आयकर नतिरेका व्यवसायीलाई आगामी फागुनसम्म तिरे ब्याज र थप शुल्क नलाग्ने व्यवस्था गरेर उनीहरुमाथि उदार देखिएको सरकार निम्न तथा मध्यमर्गीयको आयमा लाग्ने कर घटाउन भने तयार देखिएन । निजी क्षेत्रमा काम गर्ने श्रमिकलाई सरकारले कर मात्र असुलेर निचोर्ने काम गरिरहेको छ । अर्थमन्त्रीले थप ऋण उठाउनुपर्ने अवस्था आउने भएकाले आयकरको सीमा नबढाएको जवाफ दिएका छन् ।  उद्योगी व्यवसायीदेखि संगठित र असंगठित क्षेत्रका तथा सरकारी ढुकुटीबाट तलब खाने कर्मचारी सबै समान हुन् । तर सरकारले बजेटमार्फत असमान व्यवहार प्रदर्शन गरेको छ ।