कृषि क्षेत्रको बजेट ७ अर्बले बढ्यो, ४१ अर्ब रुपैयाँ विनियोजन

जेष्ठ १६, २०७७

सरकारले ७ अर्बले कृषि क्षेत्रको बजेट बढाएको छ । चालु आर्थिक वर्षमा कृषिको बजेट ३४ अर्ब रुपैयाँ रहेकोमा आउँदो वर्षका लागि ४१ अर्ब रुपैयाँ पुयाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण संघ, प्रदेश र स्थानीय तह मार्फत परिचालन गर्ने गरी बजेट छुट्याएको छ । त्यस्तै भूमि बैंक स्थापना गरी बाँझो जग्गामा खेती गर्नेलाई कृषि औजारमा छुट दिने बताएको छ । तरकारी, माछामासु र दूधमा देशलाई आत्मनिर्भर बनाउने बताएको छ । कृषिजन्य वस्तुको उत्पादकत्व बढाउनका लागि देशभर माटो परीक्षण गरिनेछ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान २ अर्बले बढाई ११ अर्ब  पुर्याएको छ । बालीको उत्पादन प्रश्चात बिमा प्रिमियम तिर्ने व्यवस्था मिलाइने सरकारले बताएको छ । सडक किनारामा फलफूल लगाउनेदेखि सबै स्थानीयतहमा कृषि र पशुका प्राविधिक राख्ने भनिएको छ । उच्च मूल्यका कृषि उपज निर्यातमा सहजीकरण गर्ने सरकारले भनेको छ ।