स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतासहित ९० अर्ब ६९ करोड

जेष्ठ १६, २०७७

सरकारले बजेटमा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस लगायत रोगको जोखिमबाट सुरक्षित राख्न पूर्वाधार विकास गर्ने गरी स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ छुट्याइएको छ । यो रकम चालु आर्थिक वर्षको भन्दा २२ अर्ब रुपैयाँ बढी हो । त्यसमध्ये ६ अर्ब कोरोना भाइरसको संक्रमण रोकथाम तथा १४ अर्ब ४६  करोड पूर्वाधार विकासका लागि छुट्याइएको हो । काठमाडौंमा ३ सय शैयाको छुट्टै सरुवा रोग अस्पताल तथा काठमाडौं सहित सबै प्रदेशका राजधानीका  सरकारी अस्पतालमा २ सय ५० शैयाका आईसीयु शैया स्थापना गर्ने अर्थमन्त्रीले बताएका छन् ।