त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित आफ्नो प्रयोगशालामा परीक्षण गर्न सक्ने व्यवस्था मिलायो

चैत्र १२, २०७६

प्रयोगशालामा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति दुवै रहेकाले सरकारले आवश्यक किट उपलब्ध गराए तत्कालै परीक्षण सुरु गर्न सकिने विश्वविद्यालयको भनाइ छ । नेपालमा अहिलेसम्म ६ सय ६० वटा नमुना मात्र परीक्षण गरिएको छ । थप प्रयोगशाला भएमा अझ बढी नमुना परीक्षण गर्न सक्ने र यसबारे स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराइसकेको विश्वविद्यालयको भनाइ छ । विश्वविद्यालयले संक्रमणको आशंका गरिएकालाई क्वारेन्टिनमा राख्न आफ्ना विभाग र आंगिक क्याम्पस कर्मचारीसहित उपलब्ध गराउन सक्ने जानकारी पनि दिएको छ । 

 

×