बैंकहरुले आजदेखि सीमित शाखा मात्रै खोल्ने

चैत्र १२, २०७६

कोरोना भाइरसको संक्रमण रोक्न देशभर लकडाउन गरेको असर आज अत्यावश्यक सेवामा पर्ने बैंकहरु पनि बन्द भएका छन् । भोलिदेखि केहि सीमित शाखा खोल्ने बैंकहरुको तयारी छ । सरकारले घर वाहरि ननिस्कन भनेकाले राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट कारोबारको सीमा बढाएको छ । 

लकडाउनका कारण सडक मात्र सुनसान छैनन्, बजार पनि बन्द छन् । मानिसको आवागमन ठप्प जस्तै छ । नेपाल राजपत्र अनुसार बैंक अत्यावश्यक सेवामा पर्छ । त्यसैले बुधबारदेखि सीमित संख्यामा शाखा खोल्ने बैंकहरुको तयारी छ । एटीएम भने खुलेका छन् । देशभर अहिले ३ हजार ६ सय भन्दा बढी एटीएम छन् । सरकारले अत्यावश्यक अवस्थामा वाहेक घरवाहिर ननिस्कन भनेकाले मोबाइल र इन्टरनेट बैकिङमा जोड दिन बैंकहरुको आग्रह छ । 

राष्ट्र बैंकले घर वाहिर निस्कनका लागि निरुत्साहित गर्न मोबाइल बैकिङ र इन्टरनेट बंैकिङको सीमा बढाएको छ । मोबाइल बैंकिङको सीमा ५० हजारबाट बढाएर १ लाख पुर्याइएको छ ।  साथै डिजिटल अर्थात एपमार्फत गरिने कारोबारको सीमा पनि  २५ हजारबाट १ लाख पुर्याइएको छ । 

एटीएम र नगदबाट समेत संक्रमणको जोखिम हुन्छ । त्यसैले स्यानिटाइजर प्रयोग र साबुनपानीले हात धुन बिर्सनु हुादैन । कोरोनाको संक्रमणको जोखिमका कारण सतर्कता अपनाइएकाले जोखिम न्यूनिकरणका लागि मोबाइल तथा इन्टरनेट बैंकिङ सबैभन्दा भरपर्दो हो । 

×