कोरोना भाइरस फैलिन नदिन देशभर लकडाउनको पहिलो दिन कस्तो रह्यो त ?

चैत्र १२, २०७६

प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले चालेका हरेक कदममा पूर्ण साथ दिने प्रतिबद्धता जनाएको छ । उसले संक्रमणको जोखिमका कारण लकडाउन गरिएकाले घरभित्रै बसेर कोरोना फैलिन नदिन अाह्वान पनि गरेको छ । लकडाउनको अवधि ७ दिनबाट लम्बिन पनि सक्ने भएकाले मजदुर तथा कम आय भएको वर्गलाई राहतबारे सोच्न सुझाव पनि दिएको छ । 

उता सत्तारुढ दलका सांसदले पनि लक डाउन सबैको सुरक्षाका लागि भएकाले सरकारलाइ थप तयारी गर्न आग्रह पनि गरेका छन् । यसबाट बच्ने सूचनाहरु गाउँगाउँमा पुर्याउन र यस महामारीविरुद्ध  सबै एक भएर  लड्नु उनीहरुको अाह्वान छ । यो शताब्दीकै मानव जातिका लागि ठूलो चुनौती बनेर आएको महामारीविरुद्ध विश्व समुदाय सहित सरकारले गरेको प्रयासमा हामी सबले आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु जरुरी छ । 

 

×