वैदेशिक लगानीको प्रतिबद्धता १ सय २३ प्रतिशतले वृद्धि

कार्तिक २३, २०७६

सरकारले कानुनमार्फत् लगानीको न्यूनतम सीमा बढाएसागै वैदशिक लगानीको प्रतिबद्धता १ सय २३ प्रतिशतले बढेको छ । यो आर्थिक वर्ष असोज मसान्तसम्म १० अर्ब ८१ करोड रुपैयाा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । तर विदेशी लगानीकर्ताको मुख्य चासो भने पर्यर्टन र सेवा क्षेत्रमा छ । 

गत आर्थिक वर्ष असोज मसान्तसम्म ४ अर्ब ८३ करोड रुपैयाा वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । तर यस वर्ष सोही अवधिको तुलनामा लगानी प्रतिबद्धता ५ अर्ब ९८ करोड रुपैयााले बढेको छ । कानुनमा गरेको सुधार र चैतमा गरेको लगानी सम्मेलनको प्रभावस्वरुप लगानी प्रतिबद्धता बढेको सरकारी दावी छ । सरकारले गत आर्थिक वर्ष विदेशी लगानीकर्तालाई व्यवसाय गर्न सहज होस् भनी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण लगायत केही ऐन संशोधन गरेको थियो भने जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र सञ्चालन गरेको थियो । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा विदेशी लगानीकर्ताका लागि लगानीको न्यूनतम सीमा ५० लाख रुपैयााबाट बढाएर ५ करोड रुपैयाा पुर्‍याइनु लगानी प्रतिबद्धता बढ्नुको मुख्य कारण हो । 

उद्योग विभागले १० अर्ब ८१ करोड रुपैयाा वैदेशिक लगानी स्वीकृत गरेकामा त्यसको आधाभन्दा बढी अर्थात ५३ प्रतिशत भने पर्यटन क्षेत्रमा लगानी हुने छ । विदेशी लगानीकर्ताको प्राथमिकतामा पर्यटनपछि सेवा क्षेत्र छ । सेवा क्षेत्रमा २ अर्ब ७८ करोड रुपैयाा लगानी प्रतिबद्धता आएको छ । सरकारले उत्पादनमूलक उद्योगमा लगानी बढाउन आग्रह गर्दै आए पनि यो क्षेत्रमा विदेशीको चासो निकै कम देखिन्छ । 

पछिल्लो तीन महिनामा उत्पादनमूलक क्षेत्रमा ९० करोड रुपैयाा लगानीको प्रतिबद्धता आएको छ । गत वर्षको यही अवधिमा डेढ अर्बको लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा किन आकषिर्त भइरहेका छैनन् ? सरकारले यसको कारण खोज्न ढिलाइ गर्न हुँदैन ।