धादिङमा परम्परा धान्नकै लागि काठे कोलको प्रयोग

कार्तिक २२, २०७६

कोलमा तोरी तील लगायत तेल जन्य वस्तु पेलेर तेल निकालिन्थ्यो भन्दा पछिल्लो पुस्ताले अचम्म मान्नु अस्वभाविक होइन । कुनै समयमा तेल पेल्नका लागि काठले बनाएको कोलको प्रयोग हुन्थ्यो  । विज्ञान र प्रविधिको विकाससागै आधुनिक प्रविधि भित्रिएपछि रैथाने प्रविधि हराउादै गएपछि पछिल्लो पुस्ताले यस्ता रैथाने प्रविधि देख्नै पाएनन् । तर धादिङको सल्यान्टारमा भने स्थानीय कुमाल समुदायले अहिले पनि तेल पेल्न रैथाने प्रविधि कोलको प्रयोग गरिरहेका छन् ।काठैकाठले बनाएको कोललाई मानिसले घुमाएर तेल पेल्ने काठेकोल सल्यान्टारमा तीन ओटा भएपनि माझ गाउामा रहेका कुमाल समुदायले भने यसलाइ अझै प्रयोग गरिरहेका छन् । सामान्य अवस्थामा बजारको तेलको प्रयोग गर्ने भएपनि कुलदेवताको पूजाका लागि कुमालहरूले  काठेकोलमा तील पेलेर तेल निकाल्नेगर्छन् ।वर्षको चारपटक हुने पर्वका लागि यही कोलमा तील ल्याएर पेल्ने गर्दछन् ।  १६ श्राद्ध, दशैं, माघेसंक्रान्ति र चण्डीपूणिर्मा जस्ता अवसरमा यस कोलमा पेलेको तेल मात्र प्रयोग गर्छन् । यसले एकातिर रैथाने प्रविधिलाई बाचाइरहेको छ भने अर्को तर्फ सांस्कृतिक परम्परा धान्न पनि  टेवा पुर्‍याएको छ ।

वर्षौअघि बनाइएको काठे कोल निक्कै पुरानो भइसकेको छ । सडक खुलेपछि सडकको छेवैमा परेको यो कोल राख्न र यसको संरक्षण गर्न स्थानीय गाउँपालिकाले योजनासमेत बनाएको छ । कुमाल जातीको संस्कृती र रैथाने प्रविधि संरक्षण हुने भएकाले यसको व्यवस्थापनका लागी स्थानीय सरकारले समेत चासो दिएको हो । कतै कतै मुस्किलले भेटिने यस्ता परम्परागत प्रबिधि देशको सम्पति भएकाले यसको संरक्षणमा सवै स्थानीय तहले ध्यान दिनुपर्ने वुद्धिजिविहरु बताउछन् । 

तेल पेल्ने कोल मात्र होइन, धान कुट्ने ढिकी, ओखल,मकै पिस्ने जाातो, लगायतका रैथाने प्रविधि ग्रामीण जीवनका पुराना चिनारी पनि हुन् । परम्परागत प्रविधि लोप हुनु भनेको देशकै पहिचान गुम्नु पनि हो त्यसैले परम्परागत प्रविधि, संस्कृति, भाषा र कलाको संरक्षणमा ध्यान दिने कि ?