पार्क निर्माणका नाममा ओखलढुंगामा बजेट सक्ने होड

कार्तिक २२, २०७६

सिद्धिचरण नगरपालिकाभित्रै सहिद पार्क, सिद्धिचरण पार्क, श्रष्टा पार्क, मन्चने पार्क, नगर पार्क रहेका छन् । त्यसैगरी नगरपालिकाले गत वर्ष लगलगेमा भ्यू टावर निर्माण गरेको छ । यकिन तथ्यांक नभएपनि एउटै पार्कमा एक करोडभन्दा बढी रकम खर्च भइसकेका पार्क समेत छन् । तर ती पार्क नाम मात्रका छन् । यी पार्कलाई नमूनाको रुपमा निर्माण गर्न सके नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीको स्रोत समेत बनाउनसक्ने सम्भावना छ । तर केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको लगानी भएका पार्कलाई पूर्णता दिने तर्फ  सम्बन्धित निकायको ध्यान गएकै देखिँदैन । 

पर्यटन वर्ष २०२० नजिकिादै गर्दा ओखलढुागामा पर्यटक भित्र्याउने किसिमका कुनै पूर्वाधार निर्माण भएका छैनन् । पर्यटनको प्रचुर सम्भावना रहेर पनि ओखलढुंगामा पर्यटन क्षेत्रको विकासले गति लिन सकेको छैन । बनाउानथालिका पार्क पनि काम सम्पन्न नगरी यसै लथालिङ्ग अवस्थामा छोडिएका छन् ।