चिनी मिल खुलेपछि कैलालीका किसान उखु खेतीमा आकर्षित

कार्तिक २२, २०७६

एक दशकअघि कैलालीको चुहामा रहेको बासुलिंग सुगर मिलबन्द भएपछि कैलालीर कञ्चनपुरका किसानले ब्यावसायिक उखुाखेती घटाएका थिए । तर, कञ्चनपुरमा तीन वर्षअघि दुई वटा चिनी मिल खुलेसंगै फेरि उखुा उत्पादनमा लाग्नेको संख्या बढ्दै गएको छ । मूल्य निर्धारण लगायतका विषयले बेलाबेलामा समस्या भएपनि आम्दानी अन्यबालीका तुलनामा राम्रो रहेको किसानको अनुभव छ । 

समयमा मल र बिउ नपाउने तथा प्राबिधिक ज्ञान अभावले भने उखुाखेतीगर्न सहजभने छैन । बल्ल्तल्ल उत्पादन गर्‍यो, सरकारले समयमा न्युनत्तम बिक्री मूल्य तोकिदिन्न । जसकाकारण चिनीमिलले भनेको मूल्यमाउखुा बेच्नुपर्ने किसानको बाध्यता हटेको छैन । पर्याप्त सरकारी सहयोग नपाउादा उत्पादन बढाउन नसकिएको किसानको गुनासो छ ।     

उत्पादन बृद्धि गर्न पछिल्लो समय मिल संचालककै पहल बिभिन्न तालिमतथा प्राबिधिक ज्ञान बिस्तार भइरहेको भएपनि यो पर्याप्त छैन । नयाा --प्रबिधीको प्रयोग गर्न सकिए उत्पादनमा श्रम र लागत घट्ने किसानको अपेक्षा छ । 

प्रदेश कृषिमन्त्रालयका अनुसार कैलाली कञ्चानपुरमा हाल झण्डै साढे आठ हजार हेक्टरमा उखुखेती हुादै आएको छ । उखुाकै ब्यावसायिक खेतीगर्ने किसानको संख्या दुबै जिल्लामा गरी एक हजार भन्दा वढी छ । उुखाखेतीमा किसानले भोग्नु परेका समस्याको निराकरण सहित उत्पादन अभिवृद्धिका लागि सरकारले ठोस नीति लिन आवश्यक छ ।