नियमावली नहुँदा प्रदेश ३ ले बनाएका ४५ ऐन कार्यान्वयनमै आएनन्

कार्तिक २२, २०७६

प्रदेशसभाबाट पास भएका विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा आएको मानिन्छ । तर ती ऐन कार्यान्वयनका लागि विषयगत मन्त्रालयले विनियम, नियमावली र कार्यविधि अनिवार्य निर्माण गर्नुपर्ने हुन्छ । हालसम्म प्रदेश तीनका सात मन्त्रालयबाट ९ वटा नियमावली, एउटा विनियम र ११ वटा ऐनका कार्यविधि मात्र  बनेका छन् । विनियम नियमावली र कार्यविधि निर्माण नभएसम्म बनेका ऐन निष्प्रभावी हुने कानुनका जानकार बताउँछन् । 

प्रदेशसभा गठन भएको दुई वर्ष बितिसक्दासमेत बनेका ऐन कार्यान्वयन हुन सक्ने अवस्था देखिदैन । संघीय सरकारले प्रदेशका मन्त्रालयमा दरबन्दी अनुसारको जनशक्ति उपलब्ध गराउन नसक्दा समस्या देखिएको छ ।