गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन हुँदै

आश्विन ३०, २०७६

काठमाडौंको होटल हायातमा बुधबार बिहानैदेखि विभिन्न पदका आकांक्षी र तिनका समर्थक चर्को स्वरले नाराबाजी गर्दै थिए । अधिकांशले उम्मेदवारका प्रचार सामग्री घााटी भिरेका देखिन्थे । होटेलमा आउने अरु पाउनाको ख्यालै नगरी खुला मञ्चमा जस्तै गरी होहल्ला गर्ने प्रतिस्पर्धा पााचतारे होटलमा थियो ।

ध्वनिको कोलाहल मात्र होइन, एकले अर्कालाई ठेलम ठेल, जथाभावी फालिएको फोहर हेर्दा विश्वका विकसित मुलुकको संस्कारसाग अभ्यस्त भएर आएका हुन् भनेर समेत पत्याउन नसकिने अवस्था थियो । नेपालका राजनीतिक दल र तिनका भातृ संगठनको चुनाव बिर्साउने गरी तडकभडक त्यहाँ देखिन्थ्यो ।  गैरआवासीय नेपाली संघजस्तो सामाजिक संस्थामा देखिएको यो दृश्य कतिपय एनआरएन प्रतिनिधिलाई नै चित्त बुझिरहेको थिएन ।

गैरराजनीतिक चरित्रको संस्थाभित्र दलीय राजनीति पसेको भन्दै केही अगुवा अभियन्ताले त कार्यक्रम नै बहिष्कार गरेका छन् ।  विश्वभर छरिएका नेपालीको संस्थामा चुनावको नाममा भइरहेको यो भड्किलोपन र त्यसभित्र पलाउन थालेको राजनीतिक रङले संस्थाको आफ्नै कद घटाएको छ ।