पञ्चेबाजा संरक्षणमा महिला

आश्विन २९, २०७६

धुमधाम पञ्चेबाजाको स्वर-लहरी गुञ्जाउँछन् यी आमा-दिदीहरु । काधमादमाह र ट्याम्की भिरेकाअनि सहनाई, नरसिंहा र छिल्लर समाएर निकै जोस-जागरका साथ पञ्चेबाजाको मौलिक स्वरमा सांगितिक जागरण ल्याउने रुकुम पश्चिमका महिलाले व्यवसायिक रुपमा यसरी बाजा बजाउँन थालेको चार वर्ष भयो।

जिल्लामा हुने विभिन्नऔपचारिक कार्यक्रम, झाँकी, र्‍याली र उत्सवका साथै गाउाघरमाहुने विवाह, पूजाआजा सबैतिर यिनैले पञ्चेबाजा गुञ्जाउँछन् । पञ्चेबाजा संरक्षण मञ्च गठन गरेर जुटेका महिलाले पुरुषले मात्रबाजा बजाउनुपर्छ भन्ने अन्धविश्वासलाई चिर्दै यो यात्रा तय गरेकाहुन्  र अहिले सफलता उन्मुख भइरहेका छन् । 

बिभिन्न चुनौतीका बीच बाजा बजाउँन सुरु गरेका यी महिलालाई अहिले भने भ्याईनभ्याई छ । औपचारिक कार्यक्रमका साथै गाउँघरमा हुने मेला, पर्व र विभिन्न सामाजिक जमघट,विवाह अनि पूजाआजामा बाजा बजाउँन उनीहरुको माग हुने गरेको छ । यसबाट उनीहरुले निश्चित रकम लिन्छन् र समूहमा बचत गर्छन् । पहिला रहरले बाजा बजाउन सुरु गरेका थिए, चार वर्ष पार गर्दा भने व्यवसायिक रुपमा बाजा बजाउँन थालेका छन् । 

सुरुमा समान्यतरिकाले बाजा बजाउँन पाए हुन्थ्यो भन्ने गरेका महिला, अहिले भने निकै आकर्षक तरिकाले बाजा बजाउँने भैसकेका छन् ।

समुहमा जम्मा१५ जना महिला छन् । बाजा बजाउने यो महिलाको समूहलाई अहिले भने पञ्चेबाजाको अरु पनि ताल र तरिका सिक्न रहर छ ।

आधुनिक संगितले मौलिक बाजाको संरक्षणमा चुनौती थपिरहेका बेला रुकुम पश्चिमका महिलाले सुरु गरेको पञ्चे बाजा संरक्षणको यो प्रयास सह्रानीय छ ।