राँके बजारमा मनै लोभ्याउदो स्थानीय उत्पादन

आश्विन २९, २०७६

बाह्रैमास हुस्सु लागिरहने चीसो मौसम, राजमार्ग तर्फ  चिटिक्क पारेर सजाइएका पसल । अनि ती पसलमा जो कोहिको मन लोभ्याउने गरी मिलाएर राखिएका स्थानीय उत्पादन ।  यी र यस्तै बस्तु पाँचथर र इलामको सिमावर्ती राँके बजारको परिचय हुन । दशैं र तिहारको बीचमा पाथीभरा जाने सिजन शुरु भएसँगै यो बजारमा ल्याइएका बस्तुको कारोबार पनि दिनप्रतिदिन बढिरहेको छ ।

पााचथरको पौवासारताप,चिलिङदिन र फाक्तेपसागै इलामको फाकफोक र चमैताका किसानले उत्पादन गरे पश्चात रााके ल्याएर चिटिक्क पारेर सजाइएका पसलमा बिक्रीका लागि राखिएका यी सामग्रीले ग्राहकको मन निकै राम्ररी तान्छन् ।

जैविक विधिबाट उत्पादन गरिएको अकवरे खुर्सानी,किवि,कागती र टिम्वुर सहितका अचारसाग, दूधजन्य उत्पादन र हरियो ताजा तरकारीले ग्राहकलाई आकषिर्त गर्ने व्यवसायी बतााउछन् । 

मेची राजमार्ग भएर आवतजावत गर्ने यात्रुसागै पूर्बको प्रशिद्ध पाथीभरा मन्दिरको दर्शन गरेर फर्केका तीर्थयात्री पनि गाडी रोकेर चीसो मौसम रहेको रााके बजार पुग्नासाथ चिटिक्क पारेर सजाइएका पसल अगाडि गााडी रोकेर सामग्री किन्न हतारिएका हुन्छन् ।

अन्तर पालिकाका जनप्रतिनिधि पनि स्थानीय उत्पादन प्रवर्धनका लागि रााके बजारका व्यवसायीले गरेको प्रयासको खुलेरै प्रसंसा गर्छन् ।

३५ वटा पसल रहेको रााके बजारमा स्थानीय उत्पादन मात्रै दैनिक १० लाख वरावरको किनवेच हुने तथ्यांक छ ।

पसलमा राखिएका सामग्री चिटिक्कै पारेर सजाइएका खरिद गर्न आकषिर्त गर्ने व्यवसायीको ग्राहकमैत्री व्यवहार पनि प्रसंसा गर्न लायक छ ।