विराटनगरको भन्सार जाँच चौकी यहि महिना हस्तान्तरणको तयारी

आश्विन २९, २०७६

भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जााच चौकी हस्तान्तरणको तयारी भइरहेको छ । नेपाल सरकारले बिक्रम सम्वत् २०७३ मंसिर २९ गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण शुरू भएको थियो । एक सय २२ बिघा क्षेत्रफलमा बनेको जााच चौकीको निर्माण कार्य सम्पन्न भई सरसफाई र एउटा गोदामको छानो छाउने काम भइरहेको छ । निर्माण कम्पनिले अक्टुबर महिनाभित्र भारत सरकारलाई बुझाएपछि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।  

भन्सार जााच चौकी निर्माण सम्पन्न भएकाले अब करिब दुई महिनामा सञ्चालनमा आउनेछ । भन्सार जााच चौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुनेछ । 

एकीकृत जााच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मुल्य कम हुने भएकाले उपभोक्ता समेत लाभान्वीत हुनेछन् । निर्माण सम्पन्न भइसकेकाले भन्सार जाँच चौकी हस्तान्तरण र भन्सार कार्यालय व्यवस्थापन गरी सञ्चालनमा ल्याउन नेपाल सरकारले तत्काल पहल कदमी शुरू गर्नु आवश्यक देखिन्छ ।