नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणाले खेल क्षेत्रमै तरंग

आश्विन २९, २०७६

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको सोमबारको  बैठकले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको प्रतिबन्ध ससर्त फुकुवा गर्ने निर्णय गरेको भोलिपल्टै  पारसले कप्तानी त्याग्ने घोषणा गरेका हुन । 

दस वर्ष अघि तत्कालिन कप्तान विनोद दासले छाडेपछि पारसले नेपाली टोलिको कमान्ड  सम्हालेका थिए । एक दशकमा उनले नेपाली क्रिकेटलाइ अहिलेको उँचाइमा पुर्याउन उनको महत्वपूर्ण योगदान छ । उनको कप्तानीमा नेपाली टिमले डीभिजन फाइभदेखि सन २०१४ को पाँचौँ टी ट्वान्टी विश्वकपसम्म पुग्यो । यही दौरान नेपालले एक दिवसीय क्रिकेटको मान्यतासमेत पायो । विश्वकपमा सहभागीता र एक दिवसीय मान्यता दुबै नेपाली क्रिकेट टिमको अहिलेसम्मकै ठूलो सफलता हो । तर यति सफल कप्तानले हठात टिमको नेतृत्व त्याग्ने घोषणा किन गरे त  ? दशकसम्म नेपाली टिमको कप्तानी गरेका पारसले क्रिकेटको धेरै आरोह पार गरे । २००४ मा राष्ट्रिय टिममा डेब्यु गर्दा अहिलेको उचाईमा पुगिएला जस्तो उनलाइ पटक्कै लागेको थिएन । उमेर समूहदेखि सिनियरसम्मका चार वटा विश्वकपमा कप्तानी गरेका पारस अब भने खेलाडी मात्र भएर मैदानमा देखिने छन् । पछि कुनै बेला क्रिकेटबाट अवकाश लिए पनि उनी  आफु यसबाट जीवनपर्यन्त टाढा हुन नसक्ने बताउँछन् । 

नेपाली क्रिकेटका गोल्डेन कप्तान पारसको निर्णयले उनका र क्रिकेटका प्रशंसकहरुलाइ दुखी बनाएको छ । तर उनले नेपाली क्रिकेटमा गरेको योगदान भने इतिहासले कहिले बिर्सने छैन ।