काट्ने बेलाको धान फौजी कीराले सखाप, कृषि सचिव भन्छन्- क्षतिको विवरण लिँदै छौँ

आश्विन २९, २०७६

गत साउन भदौमा अमेरिकी फौजी किराले मकैको बोट नै सखाप बनाएर प्रताडित भएका किसान अहिले धानमा बाला काट्ने कीराबाट हैरान छन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत जिल्लामा धानको बाला काट्ने कीराको प्रकोप बढेको छ । किसानले स्थानीयस्तरका कृषि कार्यालयमा यसबारे जानकारी गराए पनि यता सरकार भने के कति क्षति भयो भन्ने नै एकीन नभएको बताइरहेको छ । धानमा बाला काट्ने कीरा नियन्त्रणमा सरकारी निकाय किन उदासीन ? यो प्रश्न हाम्रा सहकर्मी सुमन पन्थले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीलाई सोधेका छन् ।